सबै जाति एकैठाउँमा भएको मन नपराउनेहरुको मन भतभति पोलिराखेको छ: ओली (भिडिओ)


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जाति एकै ठाउँमा भएको हेर्न मन नपराउनेहरु अहिले पनि रहेको बताएका छन् ।
एमाले निकट महिला संघको तीज कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले सबै जाति एकै ठाउँमा भएको हेर्न मन नपराउनेहरुको मन भतभति पोलिरहेको बताए ।
२०४८ सालमा तीजको कार्यक्रम गर्दा अर्घखाँचीमा राति नेपाली कांग्रेसका कार्यकर्ताहरु भेला भएर महिलाहरुमाथि कुटपिट भएको र त्यो समस्या समाधान गर्न आफू जानुपरेको प्रसंग सुनाए । अहिले पनि यस्तो घटना दोहोरिन्न भन्न नसकिने ओलीले बताए ।
उनले भने,‘ यस्ता चाडबाड मन नपराउनेहरु, अरु कुरा मन नपराउनेहरु, एकता मन नपराउन,े सबै जातका मान्छेहरु एकै ठाउँ बसेको मन नपराउने मान्छे त झगडा गरेर बस्नुपर्नेमा कहाँ रमाएर एकैठाउँ छन् भनेर मन भतभत पोल्नेहरु अहिले पनि छदै्छन् । एउटै वडाका मान्छेहरु अहिले सँगै बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरु अहिले पनि छन् । साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरु अहिले पनि छन् ।’