हङकङमा भारी वर्षा, जनजीवन प्रभावित

२०८० भदौ २३ गते १४:०१

काठमाडौं । हङकङमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित भएको छ ।
हङकङ अब्जर्भेटरी (एचकेओ) ले बिहीवार रातिदेखि हङकङका अधिकांश भागमा ७० मिलिमिटरभन्दा बढी वर्षा भएको र नयाँ क्षेत्रको उत्तरपूर्वी भाग र हङकङ टापुको काउलुनमा पनि दुई सय मिलिमिटर भन्दा बढी पानी रेकर्ड गरिएको छ ।
अब्जर्भेटरी मुख्यालयले राति ११ बजेको बीचमा प्रतिघण्टा १५८.१ मिलिमिटर वर्ष रेकर्ड गरेको छ । हङकङमा यो १८८४ पछिकै अत्याधिक वर्षा भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाे छ।
प्रतिक्रिया
सम्बन्धित खवर