मेयर हर्क साम्पाङलाई प्रश्न गरेबापत धरानका युवा अशोक लिम्बू पक्राउ (भिडिओ) – Nepal Press

मेयर हर्क साम्पाङलाई प्रश्न गरेबापत धरानका युवा अशोक लिम्बू पक्राउ (भिडिओ)

विराटनगर । धरानका मेयर हर्क साम्पाङ्ले एक जना सेवाग्राहीलाई थुनाएका छन । उनले सामाजिक सञ्जालमा लेखेको भन्दै अशोक लिम्बूलाई पक्राउ गरि थुनाएका हुन ।

थुनेका विषयमा साम्पाङले सामाजिक सञ्जालमा बदमासलाई प्रहरीलाई जिम्मा लगाएको लेखेका छन् । उनले स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई नछाड्ने बताए । शुक्रबार धरान–१५ मा लागूऔषध सचेतना गरिरहेका मेयर साम्पाङलाई डेंगुले मान्छे मरिरहेको अवस्थामा तपाईं बाटोमा अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोधेका थिए ।

प्रश्न गरेको विषयलाई लिएर लिम्बूलाई नगर प्रहरी लगाएर पक्राउ गरिएको थियो । लिम्बूलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ ।

लिम्बूविरुद्ध उजुरी भने कसैले दिएको छैन । मेयर साम्पाङको निर्देशनमा नगर प्रहरीले लिम्बूलाई पक्राउ गरेर बुझाएपछि हिरासतमा राखिएको धरानका डीएसपी नवराज मल्लले बताए ।


प्रतिक्रिया

6 thoughts on “मेयर हर्क साम्पाङलाई प्रश्न गरेबापत धरानका युवा अशोक लिम्बू पक्राउ (भिडिओ)

  1. चुतिया हर्केले कार्यक्रम गर्ने नाममा पैसा सकिरहेको छ।भेडाहरु खान पछि लागेका छन।एउटा युवाले डेङ्गुको बारेमा कुरा गर्दा थुन्न मिल्छ?यसको फुर्ती बढेको छ।स्याम सापकोटा जस्ता निस्किएलान होस गरेस।अति गरेसी खती हुन्छ।

  2. विचरा भाईले रामै प्रश्न गरेको देखिन्छ, बरु उल्टै मेयर साहेव तात्नु भएको छ। प्रहरी हिरासतमा राख्नुपर्ने केही कारण देख्दिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर