कांग्रेस सांसदको आपत्तिजनक अभिव्यक्ति, डीएसपीका परिवारलाई समेत खोजेर मार्ने धम्की (भिडिओ) – Nepal Press

कांग्रेस सांसदको आपत्तिजनक अभिव्यक्ति, डीएसपीका परिवारलाई समेत खोजेर मार्ने धम्की (भिडिओ)

ताप्लेजुङ । सत्तारुढ नेपाली कांग्रेसका एकजना प्रदेश सांसदले नेपाल प्रहरीका डिएसपीको नामै किटेर उनलाई र उनको परिवारलाई मार्ने धम्की दिएका छन् ।

कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा कांग्रेस नेता खगेनसिंह हाङगामले शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा प्रहरी प्रशासनविरुद्ध घरेलु हतियारसहितको प्रदर्शन गर्दै खुला सभामा हिंसात्मक अभिव्यक्ति दिएका हुन् ।

भिडिओ

त्यसक्रममा तरुण दलका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा समेत गरेका थिए । बिहीबार राति हाङगामलाई लक्षित गरेर प्रहरीले पेस्तोल तेर्स्याएको आरोप कांग्रेसको छ ।

बिहीबारै राति तरुण दलका कार्यकर्ताले प्रहरीका दुईवटा बुथ तोडफोड समेत गरेका थिए । सांसदलाई ताकेर प्रहरीले पेस्तोल कक गरेको आरोप कांग्रेसको छ भने डीएसपी राजन लिम्बूले भने प्रहरीलाई हातपात गर्ने र हतियार खोस्नेजस्ता हर्कत गरेपछि विवाद भएको बताएका छन् ।

सोही घटनापछि सांसद हाङगामले कोणसभामा दिएको हिंसात्मक अभिव्यक्ति यस्तो छः

तेरो बर्दी खोल्न पनि हामी तयार छौं । अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस ? कहाँ लुक्छस ? के खान्छस ? कस्तो लुगा लाउँछस् ? तेरो तेरो बाउ आमा कहाँ छ ? तेरो छोराछोरी कहाँ छ ? त्यो पनि पत्ता लाएर हामी मार्छौं । पानीमुनी लुकोस् कि पानीमाथि,खबरदार सक्छस् भने यहीँ आइज । लड्न आइजो, यहीँ आइजो । म लुगा खोल्न तयार छु तँसँग आइज । यहाँ आइज, खेल्न सक्छस् भने आइज । तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस् ? तँलाई म तीस सेकेण्ड राख्दिनँ बाँकी । याद राख् तँलाईं । यो पनि खोल्, तेरो बर्दी खोल् । म जस्तो राजनीतिक भेला गर्न आइज । तिमीलाई राजनीतिक बहस गर्छौ कि,जनताको सेवा गर्छौ कि ? देश विकास गर्छौ कि समृद्धिको विकास गर्छौ ? वाकयुद्ध गरौं । होइन भने मुठभेड पनि गरौं तँ डिएसपीसँग । हेरौंला तँ डिएसपीलाई । तेरो रागतमापनि रातै रगत बगेको छ,यहाँ सारा हाम्रो सगतमा पनि रातै रगत बगेको छ । तर राजनीतिकको एउटा उखरमाउलो तातिएको बेला हामी मान्छे मार्न पनि डराउँदैनौं,मृत्युसँग पनि डराउँदैनौं ।

 


प्रतिक्रिया

One thought on “कांग्रेस सांसदको आपत्तिजनक अभिव्यक्ति, डीएसपीका परिवारलाई समेत खोजेर मार्ने धम्की (भिडिओ)

  1. यसलाई तुरून्त समातेर १० वर्ष जेल कोच्नुपर्यो ।यस्ता अराजक पनि साँसद ? जेलमा पनि एक छाक मात्र खान दिन लायकको रहेछ । काँग्रेस अब यहि बाटोमा हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर