प्रदीप गिरीलाई स्मरण गर्दै प्रचण्डले भने- मलाई आतंककारी भनेर टाउकोको मूल्य तोक्दा प्रतिवाद गर्नुहुन्थ्यो


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदीप गिरीको तुलना अरु नेताहरुसँग गर्न कठीन भएको बताएका छन् । सिरहा बस्तिपुरमा आयोजित गिरीको प्रथम वार्षिकी सभालाई सम्बोधन गर्दै दार्शनिक, समाजवादी चिन्तन, राजनीतिक विश्लेषण फरक रहेको बताए ।
उनले भने, ‘प्रदीपजीसँग शान्ति प्रक्रियामा आउनुअघि पनि अप्रत्यक्ष रुपमा मेरो संवाद हुन्थ्यो । उहाँले त्यतिबेलामा युद्धलाई एउटा राजनीतिक आन्दोलनको रुपमा आत्मसाथ गर्ने चिन्तक हुनुहुन्थ्यो । हामीलाई आतंककारीको रुपमा टाउकोको मुल्य तोक्दा समेत उहाँले राजनीतिक समस्या हो, त्यसको समस्या राजनीतिक रुपमा गर्नुपर्छ भनेर पार्टीभित्र र देशको राजनीतिक तहमा सकारात्मक समाधानको कोशीस गर्नुभयो ।’
उनले शान्ति प्रक्रियामा आएपछि सबैभन्दा पहिले शेरबहादुर देउवा कहाँ लगेर राजनीतिक परिस्थिति, संविधानसभालगायतको विषयमा छलफल गराएको स्मरण गरे । आफूलाई विश्वास गरेरै लामो छलफलसँगै लन्च डिनर र ब्रेकफास्ट पनि सँगै हुन थालेको सम्झिए ।