राष्ट्रपतिले गरे स्वीट्जरल्याण्डका लागि आवासीय राजदूत नियुक्त – Nepal Press

राष्ट्रपतिले गरे स्वीट्जरल्याण्डका लागि आवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रिपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराई बताएका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत र सयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, जेनेभा, वल्ड ट्रेड अर्गनाइजेशन (डब्लुटिओ) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गरेको उल्लेख गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर