प्रधानमन्त्रीको अमेरिका भ्रमण टोली तयार, को-को जाँदैछन् ?


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने ७८ औँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुने टोलीको तयार भएको छ । पराराष्ट्रमन्त्री एनपी साउदले संसदीय समितिको बैठकमा प्रधानमन्त्रीको अमेरिका जाने टीम तयार भएको जानकारी गराएका हुन् ।
भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिव गंगा दाहाल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल रहने बताए ।
उनले नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसहितको उक्त प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्यदूतावासका पदाधिकारीलगायत नेपालबाट मिडियाबाट समेत प्रतिनिधि रहने उनको भनाइ छ ।
प्रधानमन्त्रीको टोली भदौ ३० प्रस्थान गर्नेछन् । प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफललाई असोज ४ गते नेपालको तर्फबाट सम्बोधन गर्ने उनले बताए । प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सिधै असोज ५ गते चीन भ्रमणमा उतैबाट जानेछन् ।