मोहन विक्रमको दाबी- भारत नेपाललाई हिन्दू राष्ट्र बनाउन लाग्यो – Nepal Press

मोहन विक्रमको दाबी- भारत नेपाललाई हिन्दू राष्ट्र बनाउन लाग्यो

कैलाली । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले भारत नेपाललाई हिन्दू राष्ट्र बनाउने गतिविधिमा लागेको बताएका छन् ।

प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा धनगढी आइपुगेका उनले नेपालभित्र मात्र नभई विदेशीहरू र विशेष गरी भारतको नीतिका कारण गणतन्त्र गम्भीर संकटमा परेको बताएका हुन् ।

उनले गणतन्त्र र संघीयता गुम्न सक्ने सम्भावना रहेको समेत दाबी गरे ।

‘भारतका सत्ताधारी पार्टीहरू खुला रूपमा नेपाललाई हिन्दू राष्ट्र बनाउने गतिविधिमा संलग्न देखिएका छन् ’ उनले भने ‘राजावादी, प्रतिगामी र विदेशी धेरै शक्तिहरूले गणतन्त्र र संघीयतामाथि हमला गरिरहेका छन् ।’

मुलुकका राजावादी शक्तिहरू विगतभन्दा निकै बलिया भएको बताउँदै भारतमा आगामी निर्वाचनमा पुनः कट्टरपन्थी हिन्दुवादीले जिते नेपाललाई ठूलो क्षति पुग्न सक्ने उनको बुझाइ थियो ।

‘पूरा शक्ति अहिले राजतन्त्र फर्काउने अभियानमा लागेको छ । एक पटक प्राप्त भएको उपलब्धि गुम्न नदिन सबै एकजुट हुनुपर्ने हो ’ उनले भने ।


प्रतिक्रिया

13 thoughts on “मोहन विक्रमको दाबी- भारत नेपाललाई हिन्दू राष्ट्र बनाउन लाग्यो

  1. तपाँइको कम्फर्टेवल देश भन्दा हिन्दु राष्ट्र भएकै राम्रो ।

    1. हिन्दु हरुकेा बाहुल्यता भभएकेा देश नेपाल हुनपर्नेनै हिन्दुराष्ट्र हेा,हिन्दु राष्ट्रभित्र पनि अरु साना तिना धार्मिक समुदाय अड्न सक्छन ।

  2. नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव लैजांदा भारतसंगै मिलेर विराेध गर्ने तिमीहरू नै हैनाै ? बाह्र बुंदे लगायतमा भारतकाे भुमिका आवस्यक ठानेर राताे कार्पेट बिछ्याएर स्वागत गरे पछि आउँछ नै । एउटा राजा फाल्न बहादुरी देख्नेहरू सिमा मिचिदासम्म चुं गर्न नसक्नेहरूकाे राेईलाे देख्दा पाे अचम्म लाग्छ ।

  3. राजा सहित हिन्दु राष्ट्र आजकाे आबस्यकता । यस्ता मुकुन्देहरूलाई चार भञ्ज्याङ्ग कटाउनु पर्छ ।

  4. वुढाको दलाली वुढेसकाल सम्म गएको रहेनछ ।

  5. मेरो जीवन मा मन पर्ने नेता हो वहाँ म वहाँ लाई सोधछु देस को पहिचान दिनु परे के दिनु हुन्छ। किन हाम्रो देस ले हाम्रा मुस्लिम धर्म मान्ने हाम्रा मित्रहरू लाई मका साउदी किन पठाइएका छ त। साउदी मुस्लिम देस हो तो देस को पहिचान मुस्लिम देस हो। त्यहाँ विभिन्न धर्म समुदाय बसे को होलान। तर देस त मुस्लिम देस हो भन्ने पहिचान छ नि अनि हाम्रो देस चाहिँ किन हिन्दुराज्य हुन नहुने हामि काहा पनि विभिन्न धर्म समुदाय बसेका छन किन बिवेद। हाम्रो पहिचान हुनु पर्छ । हाम्रो देस हिन्दु राज्य हो भनेर विश्व सामु चिनाउन सक्नु नै हाम्रो पहिचान हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर