धरानको निषेधाज्ञा नतोड्ने धार्मिक अगुवाहरुको निर्णय, प्रहरीले जहाँ रोक्छ त्यहीँ बस्ने
काठमाडौं । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेसँगै धरानमा भोलि हुने भनिएको वृहत धार्मिक र्याली प्रभावित बनेको छ । धार्मिक अगुवाहरुले र्याली स्थगन गरेको छैनन्, तर निषेधाज्ञा नतोड्ने नीति लिएका छन् ।
धरानमा स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दू धर्मका विभिन्न संघसंस्थाले भोलि शान्ति र्याली निकाल्ने तयारी गरेका थिए । यसले मुठभेडको खतरा पैदा भएको भन्दै जिल्ला प्रशासन कार्यालयले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ । जिप्रकाको यो आदेशपछि धरानमा पूर्वनिर्धारित शान्ति र्याली आयोजना हुन नसक्ने भएको हो ।
राप्रपा निकट नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले निषेधज्ञा उल्लंघन गर्ने नीति नरहेको बताए ।
‘विभिन्न स्थानबाट र्यालीमा सहभागी हुन आउनुभएकाहरु जहाँ प्रहरीले रोक्छ, त्यहीँ बसेर आआफ्नो ब्यानर प्रदर्शन गर्नुहुन्छ । प्रहरीसँग मुठभेड गर्ने हाम्रो नीति छैन,’ उनले भने । शान्तिपूर्णरुपमा आयोजना गर्न लागिएको कार्यक्रमलाई रोक्न खोज्नु प्रजातान्त्रिक नभएको उनको टिप्प्णी छ ।
‘हामी सामाजिक कायम गर्ने सन्देश लिएर जाँदैछौं नकि विथोल्नका लागि । हाम्रो भनाइ यति मात्रै हो कि हिन्दू धर्माबलम्बिको आस्थामाथि चोट पुग्ने कुनै पनि गतिविधि नहोस । यस्तो गतिविधि गर्नेमाथि कानून बमोजिम कारवाही होस्’, उनले भने ।
तपाईंको धर्म र आस्था तपाईं सँग रहाेस् ! चरायु रहाेस् र रहने पनि छ ।
तर हाम्रो चाहिँ धर्म र आस्था हैन ? के जवरजस्ती तपाईंको आस्था मात्र जवरजस्ती मानि रहनु पर्ने?
हाम्रो संस्कारमा ठेस लागेकाे मात्र होईन तर जवरजस्ती निभाइएको छ!!
कृपया बुझिदिनु पर्याे !
याे देश विभिन्न जातजाति तथा भाषाभाषी र विभिन्न संस्कृति रहेकाे मुलुकहाे भनेर तपाईं पनि भन्नु हुन्नर ?