पोखरामा जुवाखालबाट पक्राउ परेकामध्ये एकजना गाउँपालिका अध्यक्ष, प्रहरीलाई नै ढाँटे नाम – Nepal Press

पोखरामा जुवाखालबाट पक्राउ परेकामध्ये एकजना गाउँपालिका अध्यक्ष, प्रहरीलाई नै ढाँटे नाम

पोखरा । पोखराबाट पक्राउ परेका जुवाडेको टोलीमा गाउँपालिका अध्यक्ष पनि रहेको खुलेको छ । पोखरा महानगरपालिका-८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जनालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको थियो ।

उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रूपैयाँ बरामद गरेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

अध्यक्ष लालचनले आफ्नो नाम ढाँटेर मोहन थकाली भनेका थिए । पक्राउ पर्ने अन्यमा मुस्ताङ घोरपझोङका ५७ वर्षीयका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन छन् ।

सातैजनालाई आज म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर