एकैपटक दशौं महाधिवेशन गर्दै एकीकृत समाजवादी ! एमालेको लिगेसी आफूहरुसँग भएको तर्क – Nepal Press

एकैपटक दशौं महाधिवेशन गर्दै एकीकृत समाजवादी ! एमालेको लिगेसी आफूहरुसँग भएको तर्क

काठमाडौं । दुई वर्षअघि स्थापना भएको एकीकृत समाजवादीले आफ्नो पहिलो महाधिवेशन आउँदो माघमा आयोजना गर्ने निर्णय गरेको छ । तर, पार्टीले यसलाई ‘पहिलो महाधिवेशन’ भनेको छैन ।

आज बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको १० औं महाधिवेशन गर्ने निर्णय भएको सुनाएपछि पत्रकारहरु चकित परेका थिए । दुई वर्षअघि जन्मेको पार्टीले यसअघि ९ वटा महाधिवेशन कहिले गर्‍याे ? प्रश्न उब्जिने नै भयो ।

प्रवक्ता खतिवडाले यसरी जवाफ दिएः

हामीले एमालेसँग विद्रोह गरेर पार्टीको पुनर्गठन गरेका हौं । एमालेले वैचारिक, राजनीतिक, संगठनात्मक सबै सीमा क्रस गरेर चरम दक्षिणपन्थी अवसरवादी बाटोमा गएको हुनाले त्यो पार्टी अब चल्न सक्दैन, नेपाली क्रान्तिको नेतृत्व गर्न सक्दैन, देशलाई समाजवादको दिशामा लैजान सक्दैन, यसले जस्ता प्रवृत्ति अपनाएको छ, त्यसले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सक्दैन भन्ने निष्कर्षका साथ हामीले त्यसलाई पुनर्गठन गरेका हौं । यो विद्रोह त्यही पुनर्गठन हो । पुनर्गठन गरेपछि त्यो पार्टीको स्वामित्व हामीले लिएका छौं । त्यसैले हामी दशौं महाधिवेशन गर्न गइरहेका छौं । त्यो पार्टी आफ्नो ढंगले जे गर्दैछ-गर्दैछ ।


प्रतिक्रिया

2 thoughts on “एकैपटक दशौं महाधिवेशन गर्दै एकीकृत समाजवादी ! एमालेको लिगेसी आफूहरुसँग भएको तर्क

  1. नमच्चिने पिंङको सय झड्का भनेको यस्तै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर