कलेज बसको ठक्करबाट मृत्यु भएपछि स्थानीयले गरे जनकपुर-जलेश्वर सडक अवरुद्ध
जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिका ९ परिकोलीमा कलेज बसको ठक्करबाट एक युवकको मृत्युपछि स्थानीय आन्दोलित बनेका छन् ।
जनकपुरको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) कलेजको बा २ क १५३६ नम्बरको बसले ज ८ प ९२६७ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक जलेश्वर नगरपालिका ९ का ३५ वर्षीय सन्तोष यादवको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिएर यूवक यादवको ज्यान लिएको विरोधमा स्थानीय सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण अहिले जनकपुर-जलेश्वर सडक अबरुद्ध बनेको छ ।
दुर्घटनापछि फरार भएका बस चालकलाई पक्राउ गरी कडा कारबाही गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आन्दोलित स्थानीयको माग छ ।