विश्वप्रकाशलाई विष्णु रिमालको जवाफ- विपक्षीलाई धेरै बिल्ला नहान्नू, महँगो पर्ला – Nepal Press

विश्वप्रकाशलाई विष्णु रिमालको जवाफ- विपक्षीलाई धेरै बिल्ला नहान्नू, महँगो पर्ला

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई जवाफ फर्काएका छन् । सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रंगिन टालो भएको टिप्पणी गरेपछि उपमहासचिव रिमालले संवेदनशील विषयमा ठट्टा नगर्न चेतावनी दिए ।

‘साउनमा सुन पक्राउ पर्‍यो, भदौमा सहमति भयो, असोजमा छानबिन समिति बन्ने भनेपछि यो प्रतिपक्षलाई विश्वासमा लिएर जानका लागि रंगिन टालोको व्यवस्था गरियो । त्यसलाई नै अघि बढाउने कुरामा अन्ततः प्रतिपक्ष सहमत भएर आयो । यो अन्तिममा सीआईबीलाई सघाएर जाने भन्ने कुरा हो’, उनले बुधबार संसद भवन बाहिर सञ्चारकर्मीसँग भनेका थिए ।

एमाले नेता रिमालले महामन्त्री शर्मालाई संवेदनशील विषयमा ठट्टा नगर्न भनेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘एयरपोर्टमा कार्यरत सबै निकायले नसमातेको क्विन्टल सुन राजश्व अनुसन्धान विभागले समाउनु, बिजुली चुरोटको नाममा ल्याएको सुन पहिले छक्याउनु र लिलाम गरी ‘माल’ किन्न प्रधानमन्त्रीको पार्टीका उपाध्यक्षको सहजीकरणमा परिवारका मानिस तम्सिनु, सुन पो रहेछ भन्ने सूचना लिक हुँदा नहुँदै समातिएको मध्ये केही सुन गायब पारिनु… र यी सबै गडबडीको साँच्चिकै छानबिन गर्न आयोगको प्रस्ताव गर्दा सत्ताधारीकै सांसद उफारी संसद अवरोध हुनु संयोगमात्र थिएन ।’

सुन भित्र्याउन भएको सबै गडबडीको साँच्चिकै छानबिन गर्न आयोगको प्रस्ताव गर्दा सत्ताधारीकै सांसदहरूको उठेर संसद अवरोध गर्नु संयोगमात्रै नभएको दाबी गरेका छन् ।

उनले थपेका छन्, ‘अन्ततः छानबिन आयोग बन्ने सहमति भएको मसी सुक्न नपाउँदै गठबन्धनकै प्रभावशाली भनिने नेताले सहमति विपक्षलाई छक्याउने रंगिन टालो भन्दै बिल्ला हान्नुले प्रष्ट हुन्छ- साथीहरूको नियतमा कहिँ न कहिँ खोट छ। अहिले यत्ति चाहीँ भनौं- मित्रहरु, यस्तो संवेदनशील विषयमा ठट्टा नगरौं, महँगो पर्छ है ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर