नेकपा एसको बैठक- माधव नेपालको प्रतिवेदनमाथि ८२ जनाले राखे धारणा
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा आजसम्म ८२ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । बैठकको दोस्रो दिन ८२ जनाले धारणा राखेको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
मंगलबार सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रतिवेदन पेश गरेका थिए । त्यही प्रतिवेदनमाथि रहेर नेताहरुले आआफ्नो धारणा राखिरहेका छन् ।
बुधबारको बैठकमा अध्यक्ष नेपालको प्रतिवेदनमाथि सम्मानित नेता झलनाथ खनालले फरक मतसहित आफ्नो धारणा राखेका थिए ।
अब बैठक भोलि बिहान ८ बजे पुनः बस्नेछ । नेताहरुको धारणा सुनेपछि अध्यक्ष नेपालले जवाफ दिएर भोलि नै बैठक सक्ने तयारी छ । भोलिको बैठकले पार्टी महाधिवेशनको मिति तोक्ने बुझिएको छ ।