अपडेट : त्रिशूलीमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु
नेपाल प्रेस
२०८० भदौ ६ गते १२:४४
काठमाडौं । त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ ।
धादिङको गजुरी २, चालीसे झरना नजिकै त्रिशूलीमा बस खस्दा सवारमध्ये ८ वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले बताए ।
काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो ।
उद्धार अहिले पनि जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।
गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीको भनाई छ ।
प्रतिक्रिया
सम्बन्धित खवर