न्यायाधीश र मन्त्रीका श्रीमतीको फेसबुक ह्याक – Nepal Press

न्यायाधीश र मन्त्रीका श्रीमतीको फेसबुक ह्याक

काठमाडौं। फेसबुक ह्याक गरी ठगी गर्ने गिरोहले न्यायाधीशदेखि मन्त्रीसम्मका श्रीमतीलाई पीडित बनाएको खुलेको छ।

बागमती प्रदेश सरकारका एक मन्त्री र काठमाडौं जिल्ला अदालतका एक न्यायाधीशका श्रीमतीको फेसबुक ह्याक भएको हो। उनीहरुको फेसबुक ह्याक गरेर ठगी गरेको आरोपमा प्रहरीले गिरोहलाई पक्राउ गरेको छ।

केहि दिन अघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फेसबुक ह्याक गरी साथीको सूचीमा रहेकासँग पैसा माग गर्ने गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको थियो।

प्रहरीका अनुसार उक्त गिरोहले ३० वटा फेसबुक आईडि ह्याक गरेको पाइएको छ भने १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको देखिएको छ।

न्यायाधीशकी श्रीमती रहेकी पीडित सर्वोच्च अदालतमा कार्यरत उपसचिव पनि हुन्। काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर