शीतल निवासमा सर्वदलीय बैठक जारी, एमालेकाे बहिष्कार
नेपाल प्रेस
२०८० भदौ ५ गते ९:२०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा डाँकेको सर्वदलीय बैठक सुरु भएको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहेकका दलहरू सहभागी छन् ।
राष्ट्रपतिले संविधान विपरीत अनावश्यक सक्रियता देखाएकाले पार्टीबाट कोही पनि बैठकमा सहभागी नभएको एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित एमालेले निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् । उनले प्रधानमन्त्री, केही दलका नेता तथा सभामुख र राष्ट्रियसभा अध्यक्षसँग समेत छलफल गरेका थिए ।
प्रतिक्रिया
The guilty ones don’t want the Nepali Jaanta to know the truth of scams of all kinds. That’s why they are playing the game of hide and seek. And, they think that this game will prolong and finally forgotten. Remember Sri Lanka: Enough is enough. Nepali Jaanta will hit you back soon. Change yourself before it is too late. Nepali Jaanta wants accountability of all.