सुन तस्करी प्रकरण : छानबिन समितिको कार्यादेश र संरचना टुंग्याउन बैठक बस्दै – Nepal Press

सुन तस्करी प्रकरण : छानबिन समितिको कार्यादेश र संरचना टुंग्याउन बैठक बस्दै

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सरकार तयार भए पछि आज त्यसको कार्यादेश र संरचना टुंगो लगाईँदैछ ।

हिजो बसेको प्रमुख राजनीतिक दलको शीर्ष नेताहरूको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सहमत भएका थिए ।

सो सहमति लगत्तै नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ, नेपाली कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डे सम्मिलित कार्यदलले छानबिन समितिको कार्यादेश र संरचनाको ड्राफ्ट बनाउने जिम्मेवारी पाएका छन् ।

उक्त कार्यदलले बनाएको ड्राफ्टलाई प्रमुख दलमा छलफल गरी मन्त्रिपरिषदबाट अनुमोदन गराउने योजनामा पनि दलहरूबीच सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । जसका लागि आज बिहान ११ बजे कार्यदलको बैठक बस्नेछ ।

उच्च अदालतका न्यायाधीश प्रमुख रहने गरी जाँचबुझ आयोग ऐन २०२६ बमोजिम उक्त आयोग गठन हुने छ ।

सो छानबिन समिति नबनाएसम्म संसद चल्न नदिने प्रमुख प्रतिपक्षी दल एमालेले अडान कायम राखेर संसद् अवरुद्ध गर्दै आएको थियो । गत साउन १० देखि अवरुद्ध संसद् छानबिन समिति गठन गर्न सरकार सहमत भएसँगै आजबाट सुचारु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर