नेकपा एसनिकट अनेरास्ववियूको नेतृत्वमा थप दुई उपाध्यक्षको दाबी
काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षबाट सुदेश पराजुलीले यसै साता बिदा लिने तयारी गरिरहेका बेला संगठनका थप दुई जना उपाध्यक्षले पनि संयोजकका लागि दाबी गरेका छन् । नेकपा एमाले विभाजन पहिले नै समानान्तर समितिको अध्यक्ष बनेका पराजुलीले अब महाधिवेशन आयोजक कमिटी बनाएर बिदा लिन लागेको हुन् ।
महाधिवेशन आयोजक कमिटी गठनको लागि भदौ ८ र ९ गते संगठनको स्थायी कमिटी बैठक काठमाडौंमा बोलाइसकिएको छ । पराजुलीले संगठनको नेतृत्वबाट विदा लिएपछि महाधिवेशन आयोजक कमिटी संयोजक बन्न संगठनका उपाध्यक्ष केशरी रेग्मी र हिरेन्द्र शाहीले पनि संयोजकमा दाबी गरिरहेका छन् ।
संयोजकका दाबेदार रेग्मी र साही अछामकै हुन् । जसमा रेग्मी मोफसलबाट राजनीति गरेका युवा नेता हुन् भने शाही काठमाडौंबाटै विद्यार्थी राजनीति गरेका नेता हुन् ।
नेकपा (एमाले)मै रहदाँ रेग्मी अनेरास्वीयुको २१ औँ अधिवेशनमा १६ वर्षकै उमेरमा केन्द्रीय सदस्य बनेकी थिईन भने २२ औँ अधिवेशनबाट सचिवालय सदस्य चयन भएकी थिईन ।
केही नेताले स्थायी कमिटीमा मतदान गरेर संयोजक चयनको उपाय सुझाए पनि नेतृत्वको चाहनामै हुनेछ । २३ औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठनसँगै पराजुलीलगायत केही नेता बिदा हुने बताइएको छ । पराजुलीलाई नेकपा एसको केन्द्रीय सदस्य मनोनित गरिने नेताले बताएका छन् ।
बाक्लो दाल खान गएकाहरु