कोशीका मुख्यमन्त्रीलाई राप्रपाको जवाफ- तपाईंको हैन, हाम्रो रणनीतिअनुसार सत्तारोहण गर्ने हो
काठमाडौं । राप्रपाले कोशीको मुख्यमन्त्री उद्धव थापालाई आफूहरुले आफ्नै रणनीतिअनुसार सत्तारोहण गर्ने जवाफ दिएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले फेसबुकमार्फत थापालाई आफूहरुले आफ्नो रणनीतिअनुसार सत्तामा जाने बताएका हुन् । उनले लेखेका छन्, ‘राप्रपाले सत्तामा नजाने भनेर कसम पनि खाएको छैन है । आवश्यकता अनुसार सत्तामा जान पनि सकिन्छ तर तपाईंको रणनीतिमा होइन हाम्रो रणनीति अनुसार सत्तारोहण गर्ने हो । हिजो पनि त्यसै ग¥यौ, भोलिका दिनमा पनि त्यसै गर्छौं ।’
थापाले आज प्रदेश सभाबाट मुख्यमन्त्रीमा विश्वासको मत प्राप्त गरेका छन् । उनले असंवैधानिक रुपमा सभाध्यक्षको समेत मत लिएपछि विपक्षी दलहरुले विरोध गरेका छन् ।
यस्ताे छ श्रेष्ठकाे स्टाटस