उद्धव थापाको विश्वासको मतमा एमाले महासचिवको टिप्पणी- अब त अति भयो
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नेपाली कांग्रेसका उद्धव थापाले विश्वासको मत पाएपछि लोकतन्त्र र संविधानको हुर्मत लिएको देख्दा अति भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै लेखेका छन्, ‘संविधान रक्षाको दाकी गर्ने गठवन्धनले लोकतन्त्र र संविधानको हुर्मत लिएको देख्दा भन्नै पर्ने भो- अब त अति भयो ।’
उनले नेपालको संविधानले सभामुखको भूमिका तटस्थ र निष्पक्ष हुने मान्यता आत्मसात गरेको उल्लेख गर्दै कोशीमा गठबन्धनले सरकार गठनका लागि सभामुख हुँदै सभाध्यक्षलाई पनि असंवैधानिक रुपमा प्रयोग गरेको टिप्पणी गरे ।
‘यसरी पटक-पटक संविधानको हुर्मत लिने सत्ता गठबन्धनले संविधान रक्षाको दाबी गर्नु ‘सौ चुहे खाकर बिल्ली चली हजको’ भने जस्तै हो’, पोखरेलले लेखेका छन्, ‘त्यसैले सबैले एकस्वरमा भनौं, ‘इनफ इज इनफ ।’
यस्ताे छ पाेखरेलकाे स्टाटस