प्राकृतिक स्रोत र साधनमा कर्णाली अन्य प्रदेशभन्दा कम छैन: यामलाल कँडेल – Nepal Press

प्राकृतिक स्रोत र साधनमा कर्णाली अन्य प्रदेशभन्दा कम छैन: यामलाल कँडेल

सुर्खेत । नेकपा एमालेका नेता यामलाल कँडेलले प्राकृतिक स्रोत र साधनमा कर्णाली अन्य प्रदेशभन्दा कम नभएको दाबी गरेका छन् । कर्णालीमा सबैको ध्यान र दृष्टि पुगेमात्रै बदल्न सकिने उनको भनाइ थियो ।

सोमबार प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा आयोजित कार्यक्रममा कँडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गर्दै कर्णाली बजेट, नीति र कार्यक्रमको प्राथमिकतामा नपर्ने गरेको गुनासो गरे ।

उनले सिंहदरबारको संघीय संसदमा प्रस्तुत हुने नीति तथा कार्यक्रम र बजेटअनुसार कर्णाली प्राथमिकतामा हुन नसकेको आरोप लगाए ।

परापूर्वकालदेखि जोडिएको राजापुर र नेपालगञ्ज कर्णालीसँग छुट्न पुगेकोमा दुःख व्यक्त गर्दै प्रदेश सांसद कँडेलले भने, ‘कहिल्यै नजोडिएको बर्दिया रोल्पासँग जोड्न पुग्यो । संघीय संरचना नयाँ ढङ्गले निर्माण गर्नुपर्ने अवस्था रहेको छ ।’

उनले सुर्खेत विमानस्थललाई समय सापेक्ष विस्तार र अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । उक्त विमानस्थलबाट कर्णालीका सबै हिमाली जिल्लाहरुमा हप्तामा एक वा दुईपटक नियमित उडान गर्नेगरी हवाई व्यवस्था गर्न उनले प्रधानमन्त्रीलाई आग्रह गरे ।

कर्णाली करिडोर र भेरी करिडोर सडकलाई राष्ट्रिय योजनाका रुपमा रुपान्तरण गर्न पनि उनले आग्रह गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर