सल्यानमा हाइस दुर्घटना हुँदा दुईजनाको मृत्यु, तीनजना गम्भीर घाइते – Nepal Press

सल्यानमा हाइस दुर्घटना हुँदा दुईजनाको मृत्यु, तीनजना गम्भीर घाइते

सुर्खेत । रूकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबाहक हाइस गाडी दुर्घटना हुँदा दुईजनाको मृत्युु भएको छ ।

तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा उपचाररत रूकुम पश्चिमका ६० वर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका-२ की ३६ वर्षीया ओमपत खत्रीको उपचारका क्रममा मृत्यु इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

लु २ ख ५७३१ नम्बरको यात्रुबाहक फोर्स गाडी सल्यान कपुरकोट गाउँपालिका–३ आगरखोला नजिकै दिउँसो तीन बजेतिर दुर्घटनामा परेको थियो ।

घाइते तीनजनाको अवस्था गम्भीर रहेको जनाएको छ । माइक्रोबसमा १६ जना सवार थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *