भक्तपुरको बाल सुधार गृहबाट भागेका १७० जना प्रहरी नियन्त्रणमा, ५१ जना अझै फरार – Nepal Press

भक्तपुरको बाल सुधार गृहबाट भागेका १७० जना प्रहरी नियन्त्रणमा, ५१ जना अझै फरार

काठमाडौं । भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहबाट भागेकामध्ये १७० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न कसुरमा मुछिएर सुधार गृहमा रहेकामध्ये ५१ जना फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका अनुसार सुधार गृहबाट भागेकामध्ये काठमाडौं प्रहरीले ८७ र भक्तपुर प्रहरीले ८३ जलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएका छन् ।

सुधार गृहमा २९७ जना बालबालिका रहेका थिए । जसमध्ये ७६ जना भागेका थिएनन् । त्यसमध्ये पनि ५ जना उपचारमा रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

फरार रहेकाहरूको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए ।

आइतबार उक्त सुधार गृहमा एक बालकको मृत्यु भएको थियो । त्यसपछि उनका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोडसमेत गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार त्यसबेला भित्र रहेका अधिकांश बालबालिकाले प्रदर्शनकारीलाई नै साथ दिएर हातमा लाठी लिएर प्रदर्शनमा सहभागी भएका थिए ।

याे पनि पढ्नुस् : भक्तपुर सुधार गृहको ढोका फुटाएर डेढ सयभन्दा बढी बालबालिका फरार (भिडिओ)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर