सदनमा मुख्यमन्त्री थापाले मागे विश्वासको मत
नेपाल प्रेस
२०८० भदौ ४ गते १६:१२
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कोशी प्रदेशसभासमक्ष विश्वासको मतको लागि उनले प्रस्ताव पेश गरेका हुन् ।
उनले प्रस्तावित नीति बजेट तथा कार्यक्रम छलफलपछि पारित गरेर जानुपर्ने अवस्था रहेको र आन्दोलनरत पक्षलाई वार्ताको माध्यमाबाट समस्याको समाधान गरेर जानु पर्ने भएकोले कोशी प्रदेशको स्थिरताको लागि आफूमाथि प्रदेशसभाको विश्वास रहेको स्पष्ट पार्न विश्वासको प्रस्ताव दर्ता गराएको थापाले प्रष्ट्याएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर