कोशीमा अर्को प्रपञ्चः सभाको अध्यक्षता गर्नेले पनि विश्वासको मत दिने ! – Nepal Press

कोशीमा अर्को प्रपञ्चः सभाको अध्यक्षता गर्नेले पनि विश्वासको मत दिने !

विराटनगर । कोशी प्रदेशसभाको बैठक ३ बजे बस्ने भएको छ ।

कार्यव्यवस्था परामर्श समितीको बैठकले ३ बजे सभा बस्ने कार्यसूची तय गरेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

उनले मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउने कार्यसूची समेत तय गरिएको बताए । सभाको अध्यक्षता कांग्रेस सांसद इस्राइल मन्सुरीले गर्ने छन् । स्रोतका अनुसार विश्वासको मतमा मन्सुरीलाई मतदात गराउने गठबन्धनले तयारी गरेको छ ।

अध्यक्षता गर्ने व्यक्तिले बराबर मत नभएको अवस्थामा मत हाल्न पाउने व्यवस्था कानूनमा छैन ।

मुख्यमन्त्री थापाले केहीबेरअघि सदन चलाएर विश्वासको मत लिने दाबी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर