समाजवादी मोर्चाको प्रदेश घोषणा- कहाँ कुन दलले गर्दैछन् लिड ?
काठमाडौं । समाजवादी मोर्चाले सातै प्रदेशमा समाजवादी मोर्चाको गठनको सन्देश तल्लो तहसम्म दिन कार्यक्रमको मिति तय गरेको छ । बिहान बसेको मोर्चाको बैठकले कार्यक्रममा मिति तय गरेको हो ।
कार्यक्रम गर्ने जिम्मा मोर्चामा सहभागी भएका सबै दललाई जिम्मा दिइएको छ । मोर्चा सदस्य सविच प्रमेश हमालका अनुसार मधेश प्रदेशमा भदौ ८ गते र कोशीको विरानटगरमा २५ गते कार्यक्रम गर्ने जिम्मेवारी जसपालाई दिइएको छ ।
भदौं १२ गते लुम्बिनीको बुटवलमा हुने कार्यक्रम नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाले गर्नेछ । यस्तै, १३ सुदूरपश्चिमको धनगढी र २३ गते हुने बागमतीको हेटौंडामा हुने कार्यक्रमको जिम्मा नेकपा (एकीकृत समाजवादी) लाई दिएको छन् ।
यस्तै, १४ गते कर्णालीको सुर्खेतमा हुने र १५ गते गण्डकीको पोखरामा हुने कार्यक्रमको जिम्मेवारी माओवादी केन्द्रलाई दिइएको छ । यही घोषणासभाबाट प्रदेशको नेतृत्व टुंगो लाग्ने नेता हमालले बताए ।