नेकपा एसको पोलिटब्युरो बैठक बस्दै – Nepal Press

नेकपा एसको पोलिटब्युरो बैठक बस्दै

काठमाडौं। नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो कमिटीको बैठक बस्दैछ ।  बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

हिजोको बैठकमा पोलिटब्युरो सदस्यहरूमा उमेश डाँगी,  कृष्ण पन्त, कृष्ण खनाल, कृष्ण सापकोटा, गङ्गा नेपाल, गणेश बिके, गणेश काङ्वाङ्, गोपाल बरालले आफ्नाे धारणा राखेका थिए ।

यस्तै चन्द्र ब शाही, चिरन्जिवी आचार्य, टहलबहादुर खडका, दिनेश राई, दिलु पन्त, देउमान साम्बाहम्फे, देव शन्कर, धर्म निरौला, निरा जैरु, निर्मल सुबेदीले पनि एजेन्डाहरुमाथि आफ्ना विचार राखेका थिए ।

पार्टी कार्यालयमा जारी बैठकमा परमानन्द भट्ट, पिएल श्रेष्ठ, प्रभा बज्राचार्य, प्रमोद उपाध्याय, प्रेम नारायण पौडेल, प्रेमल खनाल, बलदेव चौधरी, वसन्त मानन्धर लगायतले आ आफ्नो धारणा राखिसकेका छन् ।

हिजोको बैठकमा अध्यक्ष नेपालले सबै चुनौतीहरूको सामना गर्दै पार्टी अगाडि बढ्न कम्मर कसेर लागेको जनाएका थिए ।

‘नेकपा एकीकृत समाजवादी समयको माग हो , यसको महत्त्व दिन दिनै बढिरहेको छ। यो नै कम्युनिस्ट विचारधारा भित्रको उत्तम विकल्प हो, पार्टी सदैव राष्टियताको रक्षा र संवर्द्धन गर्न जनजीविकाको लागि सङ्घर्ष गर्न समाजवादको धेय पुरा गर्न र जनतालाई सुशासन  प्रदान गर्न लागि नै रहने छ,’ नेपालले भने, ‘पार्टी सधैँ भरि भ्रष्टाचारका विरुद्धमा छ र नेपाल सरकारलाई पनि आजको भ्रष्टाचार विरोधी कार्यलाई निरन्तर अगाडि बढाउन आह्वान गर्दछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर