समाजवादी मोर्चाको बैठक बस्दै नबसी स्थगित – Nepal Press

समाजवादी मोर्चाको बैठक बस्दै नबसी स्थगित

 

काठमाडौं । समाजवादी मोर्चाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । साँझ ६ बजेका लागि नेकपा एकीकृत समाजवादीको कार्यालयमा बोलाइएको बैठक स्थगित भएको हो ।

अब बैठक भोलि बिहान साढे ७ बजे बस्ने नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

गौर हत्याकाण्डको छानबिन गर्ने सम्झौता सरकारले गरेपछि मोर्चामा आबद्ध जनता समाजवादी पार्टी नेपाल प्रधानमन्त्री प्रचण्डसँग सशंकित हुँदै आएको छ ।

यस्तै, सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा नेकपा एसका अध्यक्ष माधव नेपालमाथि छानबिन गर्ने बाटो खोलिदिएपछि आशंका पैदा भइरहेको बेलामा मोर्चाको बैठक बस्न लागेको हो । यसअघि तय भएको बैठक विभिन्न कारणले सर्दै आएको थियो ।


प्रतिक्रिया

One thought on “समाजवादी मोर्चाको बैठक बस्दै नबसी स्थगित

  1. जेजे भए पनि जनताको मनमा सरकारसग पलाएको आशाको शिशुको निर्मम हत्या जननीबाटै भएको छ । कसैलाई यहीकुरा मजाको लागेकोहोला तर सचेत र सुशासनको भोका नेपालीलाई उनीहरूमाथि गरिएको मजाक लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर