सुनिल शर्माको शब्द संसदको रेकर्डबाट हटाउनुपर्ने माओवादीको प्रस्तावमा कांग्रेस असहमत – Nepal Press

सुनिल शर्माको शब्द संसदको रेकर्डबाट हटाउनुपर्ने माओवादीको प्रस्तावमा कांग्रेस असहमत

काठमाडौं । सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकहरूको बैठकमा कांग्रेस सांसद सुनिल शर्माले सदनमा बोलेको कुरा उठेको छ ।

गत सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद शर्माले राखेको अभिव्यक्ति हटाउनुपर्ने अडान माओवादीले राखेको थियो । कांग्रेस सचेतक सुशीला थिङले डा. शर्माले असंसदीय शब्द प्रयोग नगरेकाले संसदको रेकर्डबाट हटाउनु नपर्ने बताइन् ।

आजको बैठकमा शर्माको अभिव्यक्ति हटाउनेबारे छलफल हुँदा एमालेका प्रमुख सचेतक पदम गिरीले हटाउनुपर्नेजस्तो नदेखिएको भनाइ राखे ।

सांसद शर्माले भनेका थिए, ‘यो देशको प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरूको नेतृत्व गरिराख्ननुभएको छ कि डेमोक्रेटिकको नेतृत्व गरिराख्नुभएको छ ?’

शर्माको अभिव्यक्तिलगत्तै माओवादीले हटाउन माग गरेको थियो । तर, सभामुखले मानेका थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर