हनुमानढोका परिसरमा फोटो प्रदर्शनी (तस्बिरहरू) – Nepal Press

हनुमानढोका परिसरमा फोटो प्रदर्शनी (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको हनुमानढोका परिसरमा फोटो प्रदर्शनी आयोजना गरिएको छ ।

१८४ औं फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले सिविन-नेपालसंगको सहकार्यमा ‘बालबालिका राष्ट्रिय गौरव हुन्-तस्वीरमा बालबालिका’ फोटो प्रदर्शनी आयोजना गरेको हो ।

प्रदर्शनीमा २५ जना फोटो पत्रकारका बालअधिकारको संरक्षण र प्रवर्द्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिकासम्बन्धी ६० वटा तस्वीरहरु राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बालबालिकाको संरक्षणकालागि खडा गरिएको संयन्त्र बालहेल्पलाइन नेपाल १०९८ बारे जानकारी फैलाउने उद्देश्यले बाल हेल्पलाइन मोबाइल बुथ पनि प्रदर्शनमा राखिएको थियो ।

उक्त फोटो प्रदर्शनीले ‘बालबालिका राष्ट्रिय गौरव हुन्’ अभियानलाई अझ बढी बल पुगेको र बालअधिकार आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण सहयोग हुने बालअधिकार अभियान्ता तथा सिविन नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानले बताए।

तस्बिरहरू : सुरेन्द्र थापा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *