एमाले कैलाली जन सांस्कृतिक महासङ्घको अधिवेशन सम्पन्न, अध्यक्षमा राना – Nepal Press

एमाले कैलाली जन सांस्कृतिक महासङ्घको अधिवेशन सम्पन्न, अध्यक्षमा राना

कैलाली । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठकले गरेको निर्णय र सो निर्णय कार्यान्वयन गर्न जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी) अनुसार कैलालीमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घको अधिवेशन सम्पन्न गरिएको छ।

सचिवालय बैठकले मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्ताहरूलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने, कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने र कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने निर्णय गरेको थियो ।

अपानी कार्यान्वयन गर्दै कैलालीमा आज सम्पन्न अधिवेशनमा सभापतिका रुपमा केन्द्रीय सचिव तथा जिल्ला इन्चार्ज कृष्ण पाण्डेलाई मात्रै अघिल्लो पङ्क्तिमा राखिएको थियो ।

प्रमुख अतिथि एमाले कैलाली जिल्लाका कार्यवाहक अध्यक्ष दुर्गा जोशी, एमाले नेताहरू रण व चन्द ,रामचन्द्र जोशी भुवन रिजाल लगाएतका नेताहरूलाई दर्शक दीर्घामा नै राखिएको थियो । पछिल्लो अपानी अनुसार कार्यक्रमको शैली फेरिएको धनगढी उपमहानगर कमिटी अध्यक्ष रामचन्द्र जोशीले जानकारी दिए ।

उक्त अधिवेशन मार्फत प्रेम रानाको अध्यक्षतामा नयाँ जिल्ला कमिटी निर्वाचित भएको छ । उपाध्यक्षमा टेकबहादुर भगौरिया र कविता चौधरी रहेकी छन् भने सचिवमा कृष्णा सिझाडी, सहसचिवमा रत्ना भण्डारी र कोषाध्यक्ष सान्ती पन्त फुलारा सर्वसम्म निर्वाचित भएकी हुन् ।

त्यस्तै सदस्यहरूमा चेतबहादुर ऐर, रामबहादुर चौधरी, दिया साउद, जयन्ती बम,रामबहादुर तारामी मगर, प्रेम पौडेल निर्वाचित भएका छन् ।
मोहन्याल टिकापुर लगायतका क्षेत्रबाट तीन जना सदस्य मनोनीत गर्ने प्रदेश सचिव दीर्घ राज फुलराले जानकारी दिए । प्रदेश अधिवेशन आगामी ९ गते तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर