समाजवादी मोर्चाको बैठक भोलि बस्दै
नेपाल प्रेस
२०८० भदौ २ गते १८:००
काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक भोलि साँझ ६ बजे नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
बेलुका ६ बजेका लागि बैठक तय भएको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो ।
प्रतिक्रिया
समाजवादी मोर्चा होईन भारतीय दलाल मोर्चा हो ।