दार्चुलाका एक प्रधानाध्यापक चार दिनदेखि बेपत्ता – Nepal Press

दार्चुलाका एक प्रधानाध्यापक चार दिनदेखि बेपत्ता

कैलाली । दार्चुलामा एक जना प्रधानाध्यापक विगत चार दिनदेखि बेपत्ता भएका छन्।

लेकम गाउँपालिका-२ सुँगरखालीका ५६ वर्षीय शिक्षक अनिरुद्र भट्ट विगत ४ दिनदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ । उनी सरस्वती आधारभूत विद्यालय लेकम-२ बिटोराका प्रधानाध्यापक रहेको बताइएको छ।

बुधवार मध्यान्ह १२ बजेतिर केहि बेरमा आउँछु भन्दै निस्किएका भट्ट अहिलेसम्म नफर्किको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक तर्क पाण्डेयले जानकारी दिए ।

बुधवार घरबाट बेपत्ता भएको विषयमा प्रहरीले भने बिहीबार मात्रै जानकारी पाएको थियो । जानकारी पाए लगत्तै उनको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक पाण्डेयले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *