नेपाल प्रहरीका एआईजीहरूको सरुवा, को कहाँ पुगे ? – Nepal Press

नेपाल प्रहरीका एआईजीहरूको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजीपी)हरुको सरुवा भएको छ ।

मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उपत्यका प्रहरीको प्रमुखमा दीपक थापा सरुवा भएका छन् ।

यसअघि त्यहाँ रहेका श्याम ज्ञवालीको कार्य विभागमा सरुवा भएको छ ।

त्यस्तै प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीको सरुवा भएको छ ।

दीपक थापा सरुवा भएपछि प्रशासन विभागमा मिरा चौधरी सरुवा भएकी छन् ।

मानव स्रोत विभागमा टेकबहादुर राईको सरुवा भएको स्रोतले जनाएको छ ।

यसैबीच काठमाडौं ललितपुर र अपराध महाशाखाका एसएसपीहरूको सरुवाको तयारी पनि भइरहेको छ ।

स्रोतका अनुसार काठमाडौंमा भूपेन्द्र खत्री, ललितपुरमा दिनेश आचार्य र अपराध महाशाखामा सोमेन्द्रसिंह राठौरलाई ल्याउने तयारी भइरहेको छ ।

 


प्रतिक्रिया

3 thoughts on “नेपाल प्रहरीका एआईजीहरूको सरुवा, को कहाँ पुगे ?

  1. काण्डबाट वच्न र कमाउन सरूवा गरेका हुन् । एआईजिको सरूवा किन मन्त्रीपरिषदबाट ? आईजिले गर्नुपर्छ । कमाउने ठाउँ बनाएका रहेछन् ।

  2. याे नालायक सरकार डराएर सरूवा गरेकाे देखिन्छ ।

  3. भ्रष्टाचारि लाई बचाउन अनेक परपन्च गरिदै छ!कानुन भन्दा माथिका जो परे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर