बागेश्वर बाबाले आज प्रधानमन्त्री प्रचण्डलाई भेट्ने – Nepal Press

बागेश्वर बाबाले आज प्रधानमन्त्री प्रचण्डलाई भेट्ने

काठमाडौं । भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने भएका छन् ।

स्रोतका अनुसार आज बिहान ९ बजे प्रधानमन्त्रीलाई भेट्ने तय भएको हो ।

प्रधानमन्त्रीलाई भेटेपश्चात् उनी शास्वतधामतिर लाग्नेछन् ।

शाश्वत धाममा शास्त्रीले तीन दिन प्रवचन दिने कार्यक्रम रहेको छ ।

शास्त्रीलाई चौधरी ग्रुपले नेपाल ल्याएको हो । उनको टोलीलाई ल्याउने र राख्ने सबै खर्च चौधरी ग्रुपले व्यहोर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *