कैलालीमा पेट्रोल भनेर पठाएको ट्यांकरमा डिजेल भेटिएकोबारे आयल निगमले नै छानबिन गर्ने
कैलाली । नेपाल आयल निगमले कैलालीमा पेट्रोल भनेर पठाएको ट्यांकरमा डिजेल फेला परेको घटनाबारे छानबिन गर्ने भएको छ । आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले पेट्रोल भनेर पठाएको ट्यांकरमा हिजो डिजेल फेला थियो ।
बिहीबार आयल निगम धनगढीबाट पहलमानपुरको मित्र ट्रेडर्समा पठाइएको पेट्रोलको ट्याङ्करमा डिजेल फेला परेपछि उक्त ट्याङ्करलाई इलाका प्रहरी कार्यालयमा राखिएको थियो ।
आज दिनभरिको छलफलले आयल निगम आफैले छानबिन गर्ने बताएपछि उक्त ट्याङ्कर धनगढी पठाइएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए ।
नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले बिहीबार पठाएको ना ५ ख ७७३ नम्बरको ट्याङ्करमा पेट्रोलमा डिजेल मिसावट गरेको पाइएको थियो । उनले ट्याङ्कर को एक च्यामबरको पाइप खोलेर पेट्रोल बाल्टीमा भर्दा ३०्३५ लिटर डिजेल मिसावट भएको देखिएको थियो ।
पुरै ट्याङ्कर को पेट्रोलमा मिसावट भए नभएको यकिन नहुँदै आयल निगम धनगढीको टोली आएर आफै परीक्षण गर्ने र छानबिन गर्ने बताएका थिए । उक्त घटनाको सत्य तथ्य छानबिनको माग गरिएको छ ।