निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्नेमा प्रमुख आयुक्त थपलियाको जोड
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको सहभागिता प्रतिशतमा मात्र नभई अर्थपूर्ण हुनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय महिला आयोगद्वारा आयोजित ‘नेपालमा महिलाको अवस्था’ विषयक पुस्तक विमोचन समारोहमा उनले तथ्याङ्क विश्लेषण गरेर मात्र महिलाको सहभागिता निक्र्यौल गर्न नहुने भन्दै अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका हुन् ।
उनले निर्वाचनमा महिलाको सहभागितालाई पुस्तकले थप विश्लेषण गरेको बताउँदै निर्वाचनसम्बन्धी आधिकारिक तथ्यांक आयोगसँग लिन आग्रहसमेत गरे ।
निर्वाचनमा महिलाको सहभागिता अभिवृद्धि गर्न पहल गरिरहेको र थप मजबुत बनाउन महिला आयोगसँग सहकार्य र समन्वय गरी अघि बढ्न निर्वाचन आयोग तयार रहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।