हनुमान कथा वाचन गर्न नेपाल आएका बागेश्वर धामका पिठाधीश शास्त्रीलाई पशुपतिमा स्वागत (तस्बिरहरू) – Nepal Press

हनुमान कथा वाचन गर्न नेपाल आएका बागेश्वर धामका पिठाधीश शास्त्रीलाई पशुपतिमा स्वागत (तस्बिरहरू)

काठमाडौं । शुक्रबार नेपाल आएका भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’लाई पशुपतिनाथमा स्वागत गरिएको छ ।

नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनका लागि उनी काठमाडौं आइपुगेका उनी पशुपतिनाथको दर्शनका लागि आउने क्रममा पशुपति विकास कोषले उनलाई स्वागत गरेको हो । उनलाई कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले दीप प्रज्वलनसहित स्वागत गरेका थिए ।

पशुपतिको दर्शनपछि शास्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति र राष्ट्रपतिसँग भेट्ने कार्यक्रम रहेको छ ।

शनिबार उनी चौधरी समूहले नवलपरासीमा निर्माण गरेको शाश्वत धाम पुग्नेछन् । शनिबारदेखि सोमबारसम्म त्यहाँ हनुमान कथा वाचन गर्नेछन् ।

तस्बिरहरू : सुरज धामी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर