भागबन्डा पुर्याउन सुदूरपश्चिममा संसदीय समिति थप्ने तयारी
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक १ महिनापछि बस्दैछ । असार ३० गते बजेट पारित भएपछि प्रदेशसभाको बैठक बस्न सकेको थिए । सरकारले बिजनेस नदिँदा एक महिनासम्म बस्न नसकेको बैठक आगामी सोमबार बस्ने तयारी भएको छ ।
कार्य व्यवस्था परामर्श समितिको बैठकमा सोमबार दिउँसो २ बजे प्रदेश सभा बैठक आह्वान गर्ने सहमति भएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
आगामी बैठकमा सुदूरपश्चिम प्रदेश सभा नियमावली संशोधन समिति तयार गरिने जनाइएको छ । हाल सुदूरपश्चिम प्रदेशमा ४ वटा विषयगत समिति छन् । केन्द्रमा भएको सत्ता गठबन्धनको नेताहरूको छलफलका आधारमा प्रदेशमा विषयगत समिति थप हुने भएको छ ।
सुदूरपश्चिम प्रदेश सभा नियमावलीमा ४ समितिमात्रै रहने व्यवस्था छ । सोमबार नियमावली संशोधन समिति तयार गर्ने र नियमावली संशोधन गरेर समितिको संख्या बढाउने तयारी भएको हो ।
नियमावली संशोधन समितिमा कार्य व्यवस्था परामर्श समितिमै रहेकाहरूलाई राख्ने सहमति भएको छ । उक्त समितिले ६ वटा बिषयगत समितिको नाम र क्षेत्राधिकार समेत तय गर्ने छ ।
लुटेरा लठबन्धन ।