तिलहरी लुट्दालुट्दै एकजना पक्राउ – Nepal Press

तिलहरी लुट्दालुट्दै एकजना पक्राउ

दाङ । प्रहरीले महिलाको तिलहरी लुट्दालुट्दै एकजनालाई पक्राउ गरेको छ । तुलसीपुरको नयाँ बसपार्कमा सल्यानकी निर्मला खत्रीको तिलहरी लुट्दालुट्दै तुलसीपुर १८ का नवीन सुनारलाई प्रहरी चौकी बसपार्कले पक्राउ गरेको हो ।

सल्यानबाट तुलसीपुर बुहारी भेट्न आएकी निर्मलालाई बुहारीको घर पुर्याइदिने भन्दै नवीनले बाइकमा बसाएर केही परलगि तिलहरी लुटेका थिए । महिला चिच्याएपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इप्रका तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लका अनुसार बसपार्क चौकी इन्चार्ज असई सन्तोष आचार्यको टोलीले नविनलाई पक्राउ गरेको हो ।

प्रहरी लुटिएको तिलहरी समेत बरामद गरेको छ । उनलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *