छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीलाई कुनै पनि शुल्क लिइए रिपोर्ट गर्न काठमाडाैं महानगरको आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीहरुलाई शिक्षण संस्थाहरुले भर्ना शुल्क मागेकोप्रति गम्भी ध्यानाकर्षण भएको जनाएको छ ।
कक्षा ११ र १२ मा अध्ययन गर्न काठमाडौं महानगरपालिकाबाट छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीहरुले शिक्षण संस्थामा कुनै पनि शुल्क बुझाउन नपर्ने भन्दै महानगरले जनाउँदै सिफारिस गरिएका विद्यार्थीहरुले शुल्क तिर्नुपरेमा जानकारी गराउन भनेको छ ।
ति विद्यार्थीबाट भर्ना शुल्क माग गरेको भन्ने गुनासो प्रति काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै छात्रवृत्ति भन्नाले कक्षा ११ र १२ मा विद्यार्थीले शिक्षण संस्थालाई भर्ना शुल्क, मासिक शिक्षण शुल्क, कुनै प्रकारको धरौटी र ल्याव÷पुस्तकालयवापत शुल्क तिर्नु नपर्ने गरी अध्ययन गर्न पाउने व्यवस्था भन्ने सम्झनु पर्ने महानगरले जनाएको छ ।
यदि कुनै शिक्षण संस्थाले छात्रवृत्तिमा अध्ययनको लागि आउने विद्यार्थीबाट त्यस्ता कुनै शुल्क मागेमा निम्न नम्बरमा सम्पर्क गर्नु महानगरले आग्रह गरेको छ ।
महानगरपालिकाले २०८० साउन २० गते सञ्चालन भएको छात्रवृत्ति परीक्षाको अन्तिम योग्यताक्रमको आधारमा पहिलो भर्ना सूचीमा परेका विद्यार्थीलाई सम्बन्धित शिक्षण संस्थामा भर्ना हुन सिफारिस गरि सकेको छ ।
महागनरले कुनै किसिमको शुल्क लिएमा महानगरको निःशुल्क टेलिफोन नं. १६६००१०५५११, सस्मित पोखरेल ९८४००७१५५५ र नेत्र नारायण पौडेल ९८५११९९९४५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।