संचारमन्त्री रेखा शर्माको दावीः सरकारले भ्रष्टाचार रोक्न हाइप्रोफाइल कल्चर तोड्यो – Nepal Press

संचारमन्त्री रेखा शर्माको दावीः सरकारले भ्रष्टाचार रोक्न हाइप्रोफाइल कल्चर तोड्यो

रुपन्देही । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले विभिन्न भ्रष्टाचार काण्डमा हाइप्रोफाइल रहेका कारण जोगिनसक्ने विषयलाई तोडेको दावी गरेकी छन् ।

हाइप्रोफाइल हुँदैमा कोही पनि कानुनभन्दा माथि नभएको अहिले सरकारले गरेका भ्रष्टाचारविरोधी अभियानले प्रमाणित गरेको बताइन् ।

बिहीबार नेपाल पत्रकार महासंघ प्यूठानले बिजुवारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारले गरेको ललिता निवास, सुन तस्करी, शरणार्थी प्रकरण लगायतका घटनामा भएको अनुसन्धानले हाइप्रोफाइल भएका व्यक्तिहरु कानुनभन्दामाथि छन् भन्ने आमबुझाई गलत सावित भएको दाबी गरिन् ।

शर्माले भनिन्–‘सरकारले उच्च पदस्तहरूमाथि समेत अनुसन्धान र कारबाही बढाएर हाइप्रोफाइल कल्चर तोडेको छ।’ उच्च तहका नेता उम्कने र आम नागरिकले सास्ती पाउने दिन बन्द भएको उनले बताइन् ।

भ्रष्टाचार अन्त्य गर्दै सशासन कायम गर्न र सेवाप्रवाहलाई चुस्त बनाउने कुरामा सरकारले प्राथमिकता साथ काम गरिरहेको मन्त्री शर्माको भनाइ थियो ।

मन्त्री शर्माले बिहीबार नै जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरुसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *