दाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु – Nepal Press

दाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

रुपन्देही । दाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकामध्ये एक जनाको मृत्यु भएको हो ।

जङ्गली च्याउ खाएर बिरामी परेकी बंगलाचुली गाउँपालिका –४ निवासी ११ वर्षीया अस्मिता सुनारको मृत्यु भएको वडा अध्यक्ष डाँसबहादुर डाँगीले जानकारी दिए ।

उनका अनुसार अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मङ्गलवार साँझ थप उपचारका लागि बुटवल ल्याइएको थियो ।

उपचारका क्रममा उनको अस्पतालमै मृत्यु भएको हो । मृतक अस्मिताको आमा २७ वर्षीया ईश्वरी सुनारको पनि अवस्था गम्भीर छ ।

उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आइसियुमा राखेर उपचार भइरहेको छ । उनका श्रीमान् अजय सुनारको पनि प्रतिष्ठानमै उपचार भइरहेको छ ।

मङ्गलवार घर नजिकै जङ्गलमा भेटिएको च्याउ पकाएर खाँदा बंगलाचुली गाउँपालिका ४ मा एकै घरका तीन जना बिरामी परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *