चितवन टिकौलीको जंगलमा त्रासद दुर्घटना, एक-आपसमा ठाेक्किए ८ सवारीसाधन (भिडिओ)
नेपाल प्रेस
२०८० साउन ३१ गते १२:५७
चितवन । भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा त्रासदीपूर्ण सवारी दुर्घटना भएको छ ।
महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एक-आपसमा ठोक्किएको हो । ठोक्किएका सवारीमा मोटरसाइकल र स्कुटरको संख्या धेरै छ । व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोक्किएको बताइएको छ । दुर्घटनास्थलबाट १८ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य जारी रहेकाले विस्तृत विवरण आउन बाँकी नै छ ।
प्रतिक्रिया
One thought on “चितवन टिकौलीको जंगलमा त्रासद दुर्घटना, एक-आपसमा ठाेक्किए ८ सवारीसाधन (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
सबै जना कोे शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु