ल्हारक्यालबारे प्रधानमन्त्रीको प्रष्टीकरण- राजीनामा दिन खोजेका थिए, मैले राम्रो काम गरेर देखाउनुस् भनेको छु – Nepal Press

ल्हारक्यालबारे प्रधानमन्त्रीको प्रष्टीकरण- राजीनामा दिन खोजेका थिए, मैले राम्रो काम गरेर देखाउनुस् भनेको छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामाको नियुक्ति सकारात्मक उद्देश्यका साथ काम गर्ने व्यक्तिलाई दिइएको प्रष्ट्याएका छन् ।

बालुवाटारमा मूलधारका सञ्चारमाध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले लुम्बिनीको विकास, २५० मिटर अग्लो विश्वकै नमुना बुद्ध मूर्ति बनाउने योजना र सरकारको पैसा नलिई मायादेवी मन्दिर जीर्णोद्धार जस्ता राम्रा योजना सुनाएपछि उनलाई सो जिम्मा दिइएको बताए ।

अदालतले समेत सबै मुद्दामा सफाइ दिइसकेको र विगतमा कांग्रेस र एमालेले समेत डा. ल्हारक्याललाई महत्वपूर्ण जिम्मेवारी दिएकाले माओवादीको केन्द्रीय सदस्य रहेका लामालाई राम्रो कामका लागि उक्त नियुक्ति दिइएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘माओवादीको केन्द्रीय सदस्य हुन हुने, लुम्बिनी विकासको उपाध्यक्ष हुन नहुने त होइन । सबै मुद्दामा सफाइ पाएका र लामो समय पार्टीमा काम गरेका मान्छे । उनको योजना सुनेर उपयुक्त लागेरै पठाइएको हो । फेरि त्यो त्यस्तो कार्यकारी पद पनि होइन । तर, यसलाई विरोधको विषय बनाइयो ।’

उनले विवाद आएपछि डा. ल्हारक्यालले राजीनामा दिन चाहे पनि आफूले केही राम्रो काम गरेर देखाउन निर्देशन दिएको बताए ।

विश्वका बौद्ध फोरमहरुदेखि देशभित्रै पनि धेरै कार्यक्रममा उनको प्रस्तुति र कामहरुले आफू प्रभावित भएको उनको भनाइ थियो ।


प्रतिक्रिया

One thought on “ल्हारक्यालबारे प्रधानमन्त्रीको प्रष्टीकरण- राजीनामा दिन खोजेका थिए, मैले राम्रो काम गरेर देखाउनुस् भनेको छु

  1. दामले काम गरेको हुनुपर्छ । छानबिन होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर