तस्करीको सुन गालिएपछि कति ? टक्सार महाशाखामा जोख्न सुरू – Nepal Press

तस्करीको सुन गालिएपछि कति ? टक्सार महाशाखामा जोख्न सुरू

काठमाडौं । मोटरसाइकलको ‘ब्रेक सु’ बाट छुट्याएर गालिएको सुन जोख्न सुरू गरिएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन जोख्न थालिएको हो । आज बिहान साढे १० बजेबाट सुन गालिएको थियो । छुट्याइएकव सुन गालिएपछिको यकिन परिमाण निकाल्न जोख्न सुरू गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ । सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले बताए । त्यसका लागि केही दिन लाग्नेछ । त्यसपछि मात्रै सुनको वास्तविक तौल कति छ र कुन गुणस्तरको हो भनेर पत्ता महाशाखाका अधिकारीले बताएका छन् ।

भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक सु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो ।

सुन तस्बरी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सुम्पिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर