जानकी मन्दिर परिसरबाट हटाइयो मुख्यमन्त्री र मोटरसाइकलको प्रचार सामग्री – Nepal Press

जानकी मन्दिर परिसरबाट हटाइयो मुख्यमन्त्री र मोटरसाइकलको प्रचार सामग्री

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा प्रचार-प्रसारका लागि राखिएका ठूला व्यानर हटाइएको छ ।

यूवाहरूको एक समूहले मन्दिर परिसरबाट मुख्यमन्त्री सरोजकुमार यादव र हिरो मोटरसाइकलको प्रचार सामग्री हटाएको हो । मन्दिर परिसरमा विनाअनुमति गैरधार्मिक पोष्टर राखिएकाले ती प्रचार सामग्री हटाएको उनीहरूले बताए ।

युवा अभियन्ता सरोज मिश्रले पटक-पटक सरोकारवालालगायत मुख्यमन्त्री, सीडीओ, मेयर र महन्धलाई ध्यानाकर्षण गराउँदा पनि चासो नदेखाएको गुनासो गरे ।

अगामी दिनमा जानकी मन्दिर परिसरमा धार्मिक स्थल एवं परिक्रमाको विशेषतासहितको बोर्ड ब्यानरनर लगाउने योजना रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर