जंगली च्याउ खाँदा नवलपरासीमा ४ र दाङमा ३ बिरामी – Nepal Press

जंगली च्याउ खाँदा नवलपरासीमा ४ र दाङमा ३ बिरामी

रुपन्देही । जंगली च्याउ खाँदा दाङमा एकै घरका तीन जना र पश्चिम नवलपरासीमा एकै घरका चार जना बिरामी परेका छन् ।

पश्चिम नवलपरासीमा एकै परिवारका ४ जना बालबालिका जङ्गली च्याउ खाएर बिरामी परेका छन् । मंगलबार विहान बर्दघाट नगरपालिका–१४ को आवास टोलमा बस्ने बर्मा लोहारको १३ वर्षीय छोरा किसन लोहा र छोरीहरु १५ वर्षीया अनुपमा, ११ वर्षकी आचल र ९ वर्षकी अनु बिरामी भएका हुन् ।

उनीहरुको उपचार शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा भइरहेको तथा बालबालिकाहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले बताए ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सेमरीबाट प्रहरी नायव निरीक्षक गोकर्ण चौहानको कमाण्डमा खटिएको टोलीले अनुसन्धान गरिरहेको बताइएको छ । उनीहरुले कुन प्रजातिको च्याउ सेवन गरेका हुन भन्ने बारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यसैगरी दाङको बंगलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै घरका तिनजना बिरामी परेका हुन् । च्याउ खाँदा बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मैकुटीमा बस्तै आएका ३१ वर्षका अजय सुनार, २७ वर्षीया ईश्वरी सुनार र ११ वर्षकी छोरी अस्मिता सुनार जङ्गली च्याउ खाँदा बिरामी परेका हुन् ।

बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मा रहेको भित्ताला भन्ने जङ्गलबाट खोजेर ल्याएको नचिनेको च्याउ खाँदा उनीहरू बिरामी परेका हुन् । बिरामी परेकाहरूलाई वान्ता हुने,चक्कर लाग्ने र पखाला लाग्ने भएको छ । बिरामीहरूलाई बंगलाचुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लगि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रेफर गरिएको छ । उनीहरूले जङ्गली च्याउ २८ गते साँझ खाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर