आफ्नै आमाको हत्या अभियोगमा पक्राउ – Nepal Press

आफ्नै आमाको हत्या अभियोगमा पक्राउ

ताप्लेजुङ । प्रहरीले आफ्नै आमा ६३ वर्षीया धनमाया लिम्बूको हत्या गरेको अभियोगमा मैवाखोला गाउँपालिका-५ फाकुम्बा बस्ने ३३ वर्षीय दिल्ली कुमार लिम्बुलाई सोमबार पक्राउ गरेको छ ।

मानसिक अवस्थामा ठीक नभएको बताइएका दिल्लीले आफ्नै आमाको हत्या गरेको सूचनाका आधारमा प्रहरी चौकी सांघुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर